सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोमात्सुको आधिकारिक स्पेयर पार्ट्स बिक्री केन्द्र सञ्चालनमा

२०८२ फाल्गुन १, ०२:०२ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा कोमात्सु ब्रान्डका जापानी निर्माण मेसिनहरूको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले आधिकारिक स्पेयर पार्ट्स बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। कम्पनीले फागुन १ गतेदेखि धनगढी-१३ मोहनपुरमा आधिकारिक स्पेयर पार्ट्स बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो।

धनगढीस्थित डाइन्यामिक हेभी इक्वीपमेन्ट्स प्रालिद्वारा सञ्चालन हुने उक्त स्पेयर पार्ट्स बिक्री केन्द्रको नेपाल निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष लक्ष्मण स्वाँर  र हेवी ईक्प्युमेन्ट व्यवसायी संघका प्रदेश अध्यक्ष लक्ष्मण साउँदले संयुक्त रुपमा उदघाटन गरेका हुन्।

सुदूरपश्चिम क्षेत्रका ग्राहकहरूलाई लक्षित गर्दै धनगढीमा स्पेयर पार्ट्स बिक्री केन्द्र स्थापना गरिएको हो। यस केन्द्रबाट कोमात्सु मेसिनका असली स्पेयर पार्ट्स सहज र छिटो उपलब्ध गराइने कम्पनीले जनाएको छ।

नयाँ बिक्री केन्द्र सञ्चालनमा आएसँगै निर्माण, पूर्वाधार तथा औद्योगिक क्षेत्रमा प्रयोग भइरहेका कोमात्सु मेसिनहरूको कार्यक्षमता बढ्नुका साथै मेसिनको आयु लम्ब्याउन सहयोग पुग्ने विश्वास गरिएको छ। आधिकारिक डिलरका रूपमा डाइनामिक हेभी इक्विपमेन्ट्सले ग्राहकहरूलाई असली स्पेयर पार्ट्स, आवश्यक प्राविधिक परामर्श तथा द्रुत सेवा सहयोग प्रदान गर्नेछ।

कम्पनीका अनुसार यो पहलले कोमात्सुको विश्वस्तरीय गुणस्तर र सेवा प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ। कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नेपालमा कोमात्सुको जापानी इन्जिनियरिङ, टिकाउपन र आधुनिक प्रविधिको प्रतिनिधित्व गर्दै आएको उल्लेख गर्दै धनगढीमा सेवा विस्तार हुनु देशव्यापी पहुँच र ग्राहक सन्तुष्टि अभिवृद्धितर्फको महत्वपूर्ण कदम भएको जनाएको छ।

उद्घाटन कार्यक्रममा कम्पनीका प्रतिनिधि, स्थानीय व्यवसायी, उद्योग क्षेत्रका व्यक्तित्व तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कम्पनीले आगामी दिनमा पनि नेपालका पूर्वाधार विकासका लागि भरपर्दा उत्पादन, असली स्पेयर पार्ट्स तथा उत्कृष्ट सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

केन्द्रका सञ्चालक सूर्यबहादुर थापाले सुदूरपश्चिम प्रदेशका ग्राहकहरूलाई छिटो र भरपर्दो सेवा दिने उद्देश्यले धनगढीमा स्पेयर पार्ट्स बिक्री केन्द्र सञ्चालनमा ल्याएको बताए।

निर्माण व्यवसायी संघ सुदूरपश्चिमका अध्यक्ष लक्ष्मण स्वाँर कोमात्सुको मसिन राम्रो भए पनि विगतमा सर्विस सेन्टर नहुँदा मर्मत गर्न समस्या थियो, तर बिक्री केन्द्र खुलेसँगै सजिलो हुने बताए।

हेभी इक्विवमेन्ट व्यवसायी संघका अध्यक्ष तानसिंह   बडैलाले सर्विस सेन्टर खुलेसँगै सुदूरपश्चिमका ग्राहकले  बुटवलबाट सामान मगाउनुपर्ने बाध्यता हटेको बताए।

यस्तै, कन्टिनेन्टल ग्रुपका टंक भट्टराईले  कोमात्सुले नेपालमा विगत २० वर्षदेखि सेवा दिइरहेको र तेस्रो शाखा धनगढीमा खुलेको बताए। उनले पार्ट्स र सर्विस एकै ठाउँमा दिन खोजिएकाले यो क्षेत्रका उपभोक्ताले राम्रो सेवा पाउने अपेक्षा गरे।

कमेन्ट लोड गर्नुस