सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा करिब १ हजार बढीलाई एचपिभी खोप लगाईदै

२०८२ फाल्गुन १, ०१:१५ खबर संवाददाता

बाजुराः बाजुरामा करिब १ हजार बढीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाईदै छ। जिल्लाका ९ वटै स्थानीय तहमा किशोरीहरुलाई लक्षित गरी अभियन सञ्चालन गरेर १ हजार ८०६ किशोरीलाई खोप लगाउन लागिएको हो।

हरेक स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम गरेर खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लाल बहादुर खड्काले जानकारी दिए। उनले यस वर्ष १ हजार ८०६ किशोरीलाई सो खोप लगाउने लक्ष्य राखिएको बताए।

उनका अनुसार गत बर्ष जिल्लामा अभियानका रुपमा ७ हजार बढीलाई एचपिभी खोप दिइएको थियो। यो बर्ष नियमित खोपका रुपमा कक्षा ६ र छुटेका किशोरीलाई मात्रै खोप दिइने उनले बताए।

जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयमा स्थापना गरिएको खोप केन्द्रमार्फत खोप सेवा प्रदान हुने उनको भनाई छ। त्यतिमात्रै नभई स्वास्थ्य संस्थामा गएर समेत खोप लगाउन सकिने उनले बताए। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत क्यान्सर रोग बिरुद्धको एच.पि.भी खोप अभियान बाजुरामा माघ २७ बाट सुरु भएर फागुन ३ गतेसम्म सञ्चालन हुने छ।

कमेन्ट लोड गर्नुस