दार्चुलामा बृद्वाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ
दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका–९ बस्कोटका २४ वर्षीय उमेश साउद र बैतडी डिलासैनी ५ लठ्ठेकोठ घर भएका २४ वर्षकै गोपाल नाथ रहेको जिल्ला प्रहरी कार्यालय र्दाचुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र्दाचुलाका प्रवक्ता प्रहरी निरीक्षक हेम राज भट्टका अनुसार प्रारम्भिक क्रममा दुई जनाको संलग्नता खुलेको र दुवै जनालाई नियन्त्रणमा लिई मृतकको साथबाट लुटिएका गरगहना (२ थान सुन जस्तो देखिने कानको मुन्द्री, १ थान नाकको मुन्द्री र १ थान नाकको फुली) बरामद गरी थप अनुसन्धान भई रहेको छ।