सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज विश्व रेडियो दिवस मनाइँदै

२०८२ फाल्गुन १, ११:१२ खबर संवाददाता

काठमाडौँ: आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। सञ्चार माध्यमका रूपमा रेडियोको भूमिका र प्रभावबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०को अगुवाइमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो। सन् १९४६ मा संयुक्त राष्ट्रसङ्घको रेडियो सेवा स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष फेब्रुअरी १३ मा यो दिवस मनाइन्छ।

युनेस्कोका अनुसार रेडियोको महत्वबारे जनचेतना बढाउनु, निर्णयकर्ताहरूलाई सूचनामा पहुँच सुनिश्चित गराउन प्रेरित गर्नु, रेडियोको प्रयोगलाई प्रोत्साहन गर्नु तथा विश्वभरका प्रसारकहरूबीच अन्तर्राष्ट्रिय सहकार्य सुदृढ बनाउनु यस दिवसको मुख्य उद्देश्य हो।
 

कमेन्ट लोड गर्नुस