सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको कर्णाली करिडोर सडकखण्डमा अज्ञात पुरुष मृत फेला

२०८२ फाल्गुन १, ०८:१७ खबर संवाददाता

बाजुरा: जिल्लाको जगन्नाथ गाउँपालिका–६ स्थित लैफु डाँडाँ नजिक कर्णाली करिडोर सडकखण्डमा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्।

बिहीबार साँझ करिब ४० वर्षजतिको देखिने पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ। मृतकको नाम, थर र स्थायी ठेगाना हालसम्म खुल्न नसकेको जनाइएको छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस