सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी–२० विश्वकपः नेपालले इटालीलाई १२४ रनको लक्ष्य दियो

२०८२ माघ २९, ०५:०० खबर संवाददाता

काठमाण्डाै: आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले इटालीलाई १२४ रनकाे लक्ष्य दिएकाे छ ।

भारतकाे मुम्बईमा रहेकाे वानखेडे स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १२३ रन बनायाे । नेपालका आरिफ शेखले २७, कप्तान राेहित पाैडेलले २३, आसिफ शेखले २०, करण केसीले नटआउट १८ रन बनाए । इटालीका क्रिशन कालुगामेजले ३ विकेट लिए ।

आजकाे खेलमा नेपालका ललित राजवंशीले टी–२० विश्वकपमा डेब्यु गरेका छन् । उनी शेर मल्लकाे ठाउँमा टाेलीमा परेका हुन् ।

प्रतियाेगितामा नेपालकाे याे दाेस्राे खेल हाे । पहिलाे खेलमा नेपाल इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भएकाे थियाे । यस्तै इटाली पहिलाे खेलमा इटाली स्कटल्यान्डसँग ७३ रनले पराजित भएकाे थियाे । समूह ‘सी’ मा नेपाल चाैथाे र इटाली पुछारमा छन् ।

टी–२० विश्वकपमा आज भएकाे पहिलाे खेलमा ओमानलाई १०५ रनले हराउँदै श्रीलङ्काले लगातार दाेस्राे जीत हासिल गरेकाे छ । आजै तेस्राे खेलमा बेलुकी सवा ७ बजे भारत र नामिबिया खेल्दैछन् ।

कमेन्ट लोड गर्नुस