सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयको ३४औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

२०८२ माघ २९, ०३:५६ Dineshkhabar Desk

धनगढीः कैलालीको धनगढी–५, उत्तरबेहडी स्थित राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयले विहीबार आफ्नो ३४औँ वार्षिकोत्सव मनाएको छ। 

आज एक औपचारिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्दै कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा.लोक बहादुर बिष्टको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव सम्पन्न भएको हो। 

वि.सं. २०४८ सालमा स्थापना भएको उक्त विद्यालयको सुरुमा ‘राष्ट्रिय माध्यमिक विद्यालय’ नाम रहेकोमा पछि स्वर्गीय तुलसीराम जोशीले ७० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेपछि उनको सम्मानमा विद्यालयको नाम परिवर्तन गरी ‘श्री राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालय’ राखिएको थियो।

हिजो विद्यालयले स्व.तुलसीराम जोशीको १३ औ दिनको पुण्य तिथिको अवसरमा उनले शिक्षा तथा समाजका विभिन्न क्षेत्रहरुमा पु¥याएका योगदानको स्मरण गर्दै शोक सभा पनि आयोजना गरेको थियो। 

वार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक सीताराम जोशीले प्रस्तुत  गरेको वार्षिक प्रतिवेदन अनुसार उक्त विद्यालयमा हाल ४ सय १४ विद्यार्थी अध्ययनरत छन्। यसैगरी विद्यालयमा १९ शिक्षक तथा प्रशिक्षक र ६ जना अन्य कर्मचारि कार्यरत रहेका छन्।

प्रधानाध्यापक जोशीले अबको १० वर्षमा विद्यालयलाई केलाली जिल्लाकै उत्कृष्ट बनाउने सोचका साथ विद्यालयले लिएका आगामी लक्ष्यहरु पनि उल्लेख गरेका थिए। उनले विद्यार्थीहरुले कक्षा दोह¥याउने र विद्यालय छोड्ने मुख्य समस्या रहेकोले उक्त समस्या हल गर्न विद्यालयले निति ल्याउने प्रतिवद्धता व्यक्त गरे।

विद्यालयमा हाल लोक बहादुर खडकाको अध्यक्षतामा ९ जनाको व्यवस्थापन समिति रहेको छ। वार्षिकोत्सवको अवसरमा विद्यालयले सांस्कृतिक कार्यक्रम र सम्मान तथा पुरसकार वितरण पनि गरेको थियो।  

कार्यक्रममा प्रमुख अतिथि कैलाली बहुमुखी क्याम्पसका प्रमुख डा. लोक बहादुर विष्ट लगायत, एश्वर्य बहुमुखी क्याम्पसका सहप्रध्यापक रघुविर भट्ट, वडा प्रतिनिधि भागीराम चौधरी  र विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।
 

Dineshkhabar Desk

कमेन्ट लोड गर्नुस