कैलालीको शिवगंगा खोलामा अवैध दोहन, प्रहरीले लियो एक्सन
धनगढी: कैलालीको गौरिगङ्गा नगरपालिकास्थित खोलाहरुमा अवैध रुपमा उत्खनन भैरहेको पाइएको छ। नगरपालिकाले ठेक्का लगाएका खोलाहरुमा अवैध रुपमा उत्खनन भैरहेको हो।
यसबीच आज (बुधबार) मात्रै जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोलीले गौरिगङ्गास्थित शिवगङ्गा खोलामा अवैध रुपमा नदीजन्य वस्तु उत्खनन गरिरहेका २ वटा जेसीबी नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार सो क्षेत्रमा इजाजत बिना आईई नभएको क्षेत्रमा अवैध मेसिन हालेर उत्खनन गरिरहेको अवस्थामा गाडी समातिएको हो। जसमा नगरपालिकाका मेयर र उपमेयरले समेत मिलेमतो गरेको बताइएको छ। सो पालिकामा यस अगाडि पनि अवैध उत्खनन हुने गरेकोमा केही समय पहिले मालाखेती प्रहरीले पनि २ वटा टिप्पर र एक जेसीबी समातेकोमा कारबाही गरेर छाडिएको थियो।