सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी हवल्दार घर्तीको हत्या आशंकामा तीन जना पक्राउ

२०८२ माघ २७, ०२:५५ खबर संवाददाता

दार्चुला: दार्चुलामा प्रहरी हवल्दारको हत्या भएको छ। सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या भएको हो।

उनी आज मंगलबार मृत फेला परेका थिए। महाकाली नगरपालिका–४ बांगाबगडास्थित एउटा होटलको पछाडि उनी मंगलबार मृत भेटिएका थिए। उनको टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको हुनसक्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारीले जानकारी दिए।

उनका अनुसार हत्यामा संलग्न आशङ्कामा एक जना नाबालकसहित तीन जना पक्राउ गरि अनुसन्धान भइरहेको छ।

कमेन्ट लोड गर्नुस