दार्चुलाको शैल्यशिखरमा वृद्धा मृत फेला
दार्चुलाः दार्चुलाको शैल्यशिखरमा एक वृद्धा मृत फेला परेकी छन्।
शैल्यशिखर नगरपालिका–८ देवलकी ७१ वर्षीया लक्ष्मी जोशी आज बिहान आफ्नै घरआँगनमा मृत फेला परेकी हुन्। घरमा एक्लै बस्दै आएकी उनको शव श्कास्पद अवस्थामा भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक निरज भाटको नेतृत्वमा टोली घट्नास्थलमा पुगेको छ। मृतक जोशीले लगाएका सुनका गरगहना लुटपाट भएको र घरभित्र रहेको बाकससमेत तोडफोड गरिएको पाइएको मृतकका नातेदार माधव जोशीले जानकारी दिए।