सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओखलढुंगातर्फ जाँदै गरेको बस तामाकोशी नदीमा खस्दा ५ जनाको मृत्यु

२०८२ माघ २७, १२:०८ खबर संवाददाता

काठमाडौं: काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेर डुबेको छ। प्रहरी चौकी सेलेघाटका अनुसार बस नदीमा चुर्लुम्म डुबेको छ र ठूलो मानवीय क्षति हुन सक्ने आशंका गरिएको छ।

प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको उक्त बस दुर्घटनामा परेको हो। हालसम्म ३–४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ। स्थानीयवासीका अनुसार केही शवहरू नदीमा तैरिरहेको अवस्थामा देखिएका थिए।

दुर्घटनामा घाइते भएका केही यात्रुलाई उद्धार गरी उपचारका लागि नजिकका अस्पतालमा पठाइएको छ। घटनास्थलमा उद्धार कार्य जारी रहेको र मृतक तथा घाइतेको संख्या थप हुन सक्ने प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

कमेन्ट लोड गर्नुस