सुदूर नेपाललाई विश्वसँग जोड्दै

ईडानद्वारा अत्तरियास्थित दृष्टि फाउन्डेसनको वृद्धाश्रममा खाद्यान्न तथा न्यानो कपडा वितरण

२०८२ माघ २७, १२:०५ खबर संवाददाता

धनगढी: पारि इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन अफ नेपाल (EDAN) ले सामाजिक उत्तरदायित्वअन्तर्गत अत्तरियास्थित दृष्टि फाउन्डेसन नेपालको वृद्धाश्रममा खाद्यान्न, न्यानो कपडा तथा विभिन्न सामग्री वितरण गरेको छ।

सोमबार आयोजित विशेष कार्यक्रममा ईडानका अध्यक्ष टेकराज पनेरुको नेतृत्वमा कार्यसमिति सदस्यहरूको उपस्थितिमा वृद्धाश्रममा रहेका वृद्धवृद्धा तथा बालबालिकालाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा भागेश्वर फ्लोर मिल, अत्तरिया र प्रकाश किराना पसल, धनगढीले खाद्यान्नमा विशेष सहयोग गरेका थिए भने ईडानका अन्य कार्यसमिति सदस्यहरूले पनि आ–आफ्नो तर्फबाट सहयोग गरेका छन्।

यस्तै, ईडानका कार्यसमिति सदस्य अंकित भण्डारीले आफ्नो जन्मदिनको अवसर पारेर वृद्धाश्रममा जन्मदिन मनाउँदै न्यानो कपडा सहयोग गरेका थिए। साथै ईडानका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षलगायत अन्य सदस्यहरूले केही इलेक्ट्रोनिक्स सामग्री र फलफूल समेत प्रदान गरेका थिए।

दृष्टि फाउन्डेसन नेपालअन्तर्गत सञ्चालित उक्त वृद्धाश्रममा हाल १५ जना वृद्धवृद्धा र केही बालबालिका आश्रित छन्। भर्खरै सञ्चालनमा आएको आश्रम दाताहरूको सहयोगमै सञ्चालन भइरहेको दृष्टि फाउन्डेसनकी सञ्चालक कल्पना भट्टले जानकारी दिइन्।

कमेन्ट लोड गर्नुस