सुदूर नेपाललाई विश्वसँग जोड्दै

भजनीमा नालामा खसेर १८ महिनाको बालकको मृत्यु

२०८२ माघ २७, ०८:२६ खबर संवाददाता

कैलाली: कैलालीको भजनी नगरपालिका–७, चर्रा गाउँमा घरआँगनमा खेलिरहेको १८ महिनाको बालकको नालामा खसेर मृत्यु भएको छ।

स्थानीय बिपत राम कठरियाका १८ महिनाका छोरा अमन कठरिया सोमबार साँझ आफ्नै घरआँगनमा खेल्ने क्रममा नालामा जमेको पानीमा खस्दा गम्भीर घाइते भएका थिए। घाइते अवस्थामा उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनी लगिएको थियो।

प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारकै क्रममा बालक अमनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाले स्थानीय क्षेत्रमा शोक छाएको छ।

कमेन्ट लोड गर्नुस