सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकमा व्यवसायी र साहित्यकारद्वारा कपडा दान

२०७६ साउन ३२, ०६:५८ खबर संवाददाता

धनगढी उप–महानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा स्थापना गरिएको कपडा बैंकमा आज पनि विभिन्न क्षेत्रबाट कपडा दान गरिएको छ। विभिन्न व्यक्ती र सस्थाबाट कपडा दान गरिएको हो। धनगढी होलसेल व्यवसायी संघको प्रथम साधारण सभाको अवसरमा तीन जना व्यापारीहरु मिलेर संयुक्त रुपमा एक सय १६ थान कपडा दान गरेका छन्। गोलमार्केटका व्यवसायी श्यामकृष्ण खतिवडा, विश्वप्रसाद कडेँल र विनोद जीसी मिलेर कपडा दान गरेका हुन।

यस्तै शुक्रबार मात्र धनगढीकी साहित्यकारद्वय श्रेष्ठ प्रिया पत्थर र हेमन्ती जोशीले पनि कपडा दान गरेकी छिन्। साहित्यकार पत्थरले ११ थान तथा जोशीले २७ थान कपडा दान गरेकी बैंककी सम्पर्क व्यक्ती ज्ञानु शाहले बताईन। शनिवार कपडा संकलन गर्ने नियमित कार्यक्रम अनुसार आज पनि धनगढीका विभिन्न स्थानबाट १२ थान कपडा संकलन गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का स्थानीय सागर गौतम र वडा नम्बर ३ कै गोपाल सिलवालले कपडा दान गरेका हुन।

प्रत्येक शनिवार विहान आठ बजे देखि १० बजे सम्म धनगढीको क्याम्पस चौक, एलएनचौक र ट्रफिक चौराहामा कपडा संकलन हुँदै आएको छ भने कपडा बैंकमा विहान आँठ देखि १० र साँझ पाँच देखि सात बजे सम्म कपडा वितरण र संकलन हुँदै आएको छ। 

कमेन्ट लोड गर्नुस