नेपाली बजारमा सुन–चाँदीको मूल्य बढ्यो
काठमाडौँ: नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार छापावाल सुन तोलाको ३ लाख रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर सोमबार तोलामा ५ हजार २ सय ५० रुपैयाँ पुगेको छ। आइतबार चाँदी तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य बढेकै कारण त्यसको असर नेपाली बजारमा पनि परेको हो।