सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरबाट स्रोत नखुलेको ६ लाख २३ हजार नगदसहित एक जना पक्राउ

२०८२ माघ २६, ०८:०७ खबर संवाददाता

कैलाली: कैलालीको टीकापुर नगरपालिका–९, खक्रौला क्षेत्रबाट स्रोत नखुलेको नगद रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

आइतबार साँझ इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार एक व्यक्तिलाई नगदसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश राज्यको लखिमपुर जिल्लामा बसोबास गर्ने ३० वर्षीय योगेश कुमार रहेका छन्। प्रहरीले उनको साथबाट स्रोत नखुलेको ६ लाख २३ हजार नेपाली रुपैयाँ बरामद गरेको जनाएको छ। उनी यु।पी। ३१ बि।एफ। ७१६१ नम्बरको भारतीय मोटरसाइकलमा सवार थिए।

प्रहरीका अनुसार घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।

कमेन्ट लोड गर्नुस