सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालेन शाहको डेरामा चोरी गरेको आरोपमा तीन जना पक्राउ

२०८२ माघ २५, ०३:४९ खबर संवाददाता

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह बस्दै आएको डेरा कोठामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजु हाइट घर भई हाल बासवारी बस्ने ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–६ पड्कु घर भई हाल काठमाडौँ महानगरपालिका–३१ गैरिगाउँ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का तथा डोटी दिपायल सिलगढी नगरपालिका–६ घर भई हाल धादिङ धुनिवेशी नगरपालिका–७ खानीखोला बस्ने ४५ वर्षीय संजय श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरिएको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस