सुदूरपश्चिम प्रदेश सभाको छैटौं अधिवेशन अन्त्य
धनगढीः सुदूरपश्चिम प्रदेश सभाको छैटौं अर्थात बजेट अधिवेशन अन्त्य भएको छ। प्रदेश सरकारको सिफारिसमा आइतबारराति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको हो।
नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्यको पत्र प्रदेश प्रमुख नजिर मियाँबाट प्राप्त भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते प्रदेश सभा भवन जलाइएपछि केही महिनासम्म प्रदेश सभा सञ्चालन हुन सकेको थिएन। प्रदेश सभाको बैठक सञ्चालन भएपछि चालु अधिवेशन अन्त्य गरिएको छ। गएको जेठ ११ गतेबाट प्रदेश सभाको छैटौं अधिवेशन सुरु भएको थियो।