सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छलि गरि ल्याइएका अवैध सामान बरामद

file photo
file photo
२०८२ माघ २५, ०८:५१ खबर संवाददाता

कैलाली: कैलाली जिल्लाका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरि ल्याइएका उपभोग्य सामग्री प्रहरीले बरामद गरेको छ।

शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले धनगढी उपमहानगरपालिका–२, बङ्गाकटान तथा टीकापुर नगरपालिका–६, भरतापुर क्षेत्रबाट अन्दाजी मूल्य रु. ३० हजार ४ सय ४० बराबरको चिनी, बिडी, सरप, मिल्क पाउडर लगायतका सामानहरू बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस