गोदावरी– ४ बन्दगडामा निर्मित मष्टाधामको प्राणप्रतिष्ठा सम्पन्न
अत्तरिया: कैलालीको गोदावरी नगरपालीका वडा नम्बर– ४ स्थित बन्दगडामा निर्मित मष्टाधामको प्राणप्रतिष्ठा पूजा एवम् रुद्रीपाठ सम्पन्न गरिएको छ । शुक्रबार मष्टाधाम व्यवस्थापन समितिको आयोजनामा मष्टाका धामी, पूजारी तथा श्रद्धालुहरुको उपस्थितिमा प्राणप्रतिष्ठा पूजा सम्पन्न गरिएको हो ।
धाममा शुक्रबारदेखि महायज्ञ लगाउने भनिएपनि निर्वाचन आचारसंहिताका कारण स्थगीत गरिएको थियो । उक्त धामलाई मष्ट देवताको विश्वकै पहिलो धामका रुपमा लिईएको छ । मष्टाधाम व्यवस्थापन समितिले धामलाई धार्मिक पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न वृहत गुरुयोजना बनाएको छ । जसको धेरै जसो कार्य सम्पन्न भैसकेको समितिका अध्यक्ष गणेश जिमि साउँदले बताए ।
उनले धार्मीक संरचनाको निर्माण सम्पन्न हुने क्रममा रहेको हुँदा नियमित पूजाआजा सुरु गर्ने उद्देश्यले प्राणप्रतिष्ठा गरिएको बताए । मष्टाधाम निर्माणका लागि करिब ७ वर्षअघि देखी नै सुरुवात गरिएको थियो । वृहत गुरुयोजना अनुसारको कार्य गर्न विभिन्न सहयोगीदाताहरुसँग सहयोेग मागिएको अध्यक्ष साउँदको भनाई छ ।