सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी होलसेल व्यवसायी संघको अध्यक्षमा खतिवडा

२०७६ साउन ३२, ०३:३६ खबर संवाददाता

धनगढी होलसेल व्यवसायी संघको अध्यक्षमा पुनः तिलकचन्द्र खतिवडा चयन भएका छन्। शनिबार सम्पन्न भएको प्रथम साधारण सभाले खतिवडाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो। समितिको उपध्याक्षमा देवराज पाण्डेय, सचिवमा यमनाथ सिग्देल, कोषाध्यक्षमा जयेन्द्र स्वाँर, सह–सचिवमा मीना कँडेल चयन भएका छन्। यस्तै सदस्यहरुमा नवराज धिताल, गणेश कुमार चौधरी, श्यामकृष्ण खतिवडा, विनोद कुमार जिसी, कृष्णप्रसाद भुषाल र कोपिला कुवँर चयन भएका छन्।

संघका अध्यक्ष खतिवडाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अथिती  सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट रहेकी थिईन् भने विशिष्ठ अतिथीमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य, सुन्दर सुदूरपश्चिमका अभियान्ता गोपाल हमाल थिए। यस्तै धनगढी होलसेल व्यवसायी संघले आफ्नो प्रथम साधारण सभाको अवसरमा शिवपुरी धाममा रहेको कपडा बैंकलाई पनि कपडा दान गरेको छ भने मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ।

समितिका सल्लाहाकारहरु श्यामकृष्ण खतिवडा, विश्वप्रशाद कँडेल र विनोद जिसीले कपडा बैंकलाई संयुक्त रुपमा कपडा सहयोग गरेका हुन्। यस्तै संघले मानवसेवाका आश्रामका आदर्श ढकाललाई ११ हजार हस्तान्तरण गरेको छ। संगठनकै साधारण सदस्य काशिराम अर्यालको गत असारमा ह्दयघातका कारण ज्यान गएका कारण उनकी श्रीमती सरस्वती खरेललाई पनि २५ हजार सहयोग गरिएको होलसेल व्यवसायी संघका अध्यक्ष खतिवडाले बताए। 

कमेन्ट लोड गर्नुस