कैलालीमा भन्सार छलीका सामान नियन्त्रणमा
२०८२ माघ २३, ०७:३४
धनगढीः कैलालीमा प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।
जिल्लाको कैलारी गाउँपालिका२ उत्तर मझेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ३० हजार ३ सय बराबरको सामान नियन्त्रणमा लिएको हो। भन्सार छलीको बिभिन्न किसिमका कपडा, साइकल थान–२ लगायतका सामान बिहीवार दिउँसो इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस