धनगढीको रुद्राक्ष डाइग्नोस्टिकमा आगलागी, करिब २ करोडको क्षति
धनगढीः धनगढीको रुद्राक्ष डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरमा भएको आगलागीमा डेढ करोडभन्दा बढीको क्षति भएको छ। माघ २० गते राति भएको आगलागीमा दुई करोडको क्षति भएको सञ्चालक हरि धामीले बताए।
धनगढी- १ अस्पताल लाइनमामा रहेको रुद्राक्ष डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।
सरकारी मूल्यमै ल्यावका सम्पूर्ण सेवा दिने उद्येश्यसहित अघिल्लो वर्ष भदौदेखि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टर सञ्चालनमा आएको थियो।
आगलागीबाट प्रयोगशालामा राखेका उपकरण र अन्य सामान जलेर काम नलाग्ने भएको सञ्चालक धामीले बताए।