धनगढीमा फागुन २ गते नेपाली सेनाले 'एकता दौड' आयोजना गर्ने
धनगढी: नेपाली सेनाले फागुन २ गते धनगढीमा ‘एकता दौड’ आयोजना गर्ने भएको छ। महाशिवरात्री र सेनाको २६३औं स्थापना वार्षिकोत्सवको अवसरमा आयोजना हुने यो दौडले राष्ट्रिय एकता र नेपाली सेनाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।
प्रतियोगिता विद्यार्थी र खुला पुरुष–महिला समूहका लागि हुने छ, जहाँ विद्यार्थीका लागि पाँच किलोमिटर र खुला दौडका लागि १० किलोमिटर दूरी तय गरिनेछ। इच्छुकले फागुन २५ गतेसम्म निशुल्क आवेदन दिन सक्नेछन्। आवेदन सेनाको तेघरी, बोराडांडी, नम्बर ५ बाहिनी (दीपायल) र नम्बर २५ बाहिनी (महेन्द्नगर)मा लिन सकिन्छ।
दौड प्रतियोगिता फागुन २ गते बिहान ६ बजे धनगढी रंगशालाबाट सुरु हुनेछ।