पूर्वप्रधानमन्त्री भट्टराईलाई पितृशोक
काठमाडौँ: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। उनका पिता भोजप्रसाद भट्टराईको आज बिहान ९७ वर्षको उमेरमा काठमाडौँस्थित न्यूरो अस्पताल बाँसबारीमा निधन भएको भट्टराईकी छोरी मानुषी यमी भट्टराईले राससलाई जानकारी दिए।
उनले भनिन्, “हजुरबुवा ९६ वर्ष पूरा भई ९७ वर्षमा प्रवेश गरेका थिए । उनको आज बिहान स्वर्गारोहण भएको छ ।” भट्टराईको शव अहिले पशुपतिस्थित ब्रह्मनालमा राखिएको र केहीबेरमा विद्युतीय शव गृहमा दाहसंस्कार गरिने उनले जानकारी दिए। स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी छन्।