कैलालीका २ जना लागूऔषधसहित पक्राउ
धनगढीः कैलालीका २ जना लागूऔषधसहित पक्राउ परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका ९ बाङग्राकटानबाट २१० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित कैलारी गाउँपालिका–९ बस्ने २३ वर्षीय उदिप रानालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो। रानालाई अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।
यस्तै बर्दगोरीया गाउँपालिका–४ मुडा बजारबाट ३३० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित बर्दगोरीया गाउँपालिका–१ बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन्। किशोरलाई मंगलवार साँझ इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।