गर्भपतन मुद्दामा फरार डोटीकी एक महिला पक्राउ
२०८२ माघ २१, ०८:४३
डोटीः गर्भपतन मुद्दामा फरार डोटीकी एक महिला पक्राउ परेकी छिन्।
जिल्ला अदालत डोटीको मिति २०७१ जेठ ११ गतेको फैसलाले गर्भपतन मुद्दामा ३ वर्ष कैद सजाय तोकिएकी डोटीको आदर्श गाउँपालिका-६ गिरिचौका बस्ने ३५ वर्षकी हिमा देवी बोहरा पक्राउ परेकी हुन्। बोहरालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीलेमंगलवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस