सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीलाई महानगर बनाउने काँग्रेस उम्मेदवार शाहको प्रस्ताव

२०८२ माघ २०, ०५:११ खबर संवाददाता

धनगढीः कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का काँग्रेस उम्मेदवार नरनारायण शाहले धनगढी उपमहानरपालिकालाई महानगरपालिका बनाउने प्रस्ताव गरेका छन्। मङ्गलवार धनगढीमा आफ्नो चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक गर्दै शाहले धनगढीलाई महानगरपालिका बनाउनुपर्ने बताएका हुन्।

शाहले आफू निर्वाचित भए धनगढीलाई महानगरपालिका बनाउन पहल गर्ने बताएका हुन्। उनले आफ्नो चुनावी प्रतिबद्धता-पत्रमा समेत धनगढीलाई महानगरपालिका बनाउन सङ्घीय सरकारसँग पहल गर्ने उल्लेख गरेका छन्।

चुनावी घोषणा-पत्र सार्वजनिक गर्दै शाहले सङ्घ, प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताएका छन्। उनले सुदूरपश्चिमका विकास परियोजना अगाडि बढाउन यस क्षेत्रबाट निर्वाचित हुने सांसदहरूको ककस बनाएर सदनमा आवाज उठाउन पहल गर्ने बताएका छन्।

कमेन्ट लोड गर्नुस