धनगढीमा लायन्स क्लबद्वारा आँखा शिविर सञ्चालन
धनगढीः लायन्स क्लबद्वारा आँखा शिविर सञ्चालन गरिएको छ।
धनगढी उपमहानगरपालिका-१ एलएन चोकमा रहेको एलजी एकेडेमीको प्रांगणमा सोमवार उक्त शिविर सञ्चालन भएको क्लबले जनाएको छ।
लायन्स क्लब धनगढी, लायन्स क्लब धनगढी क्विन, लायन्स क्लब धनगढी सुकृति, लायन्स क्लब धनगढी आस्थाको आयोजनामा भएको उक्त आँखा शिविरबाट तीन सय बढीले सेवा लिएका छन्। एलजी एकेडेमीका प्रधानाध्यापक जानकी जोशीको प्रमुख अध्यक्षतामा भएको उक्त शिविरमा विशिष्ट अथिती रिजन चियर पर्सन लायन संजिता कुवँर तथा अन्य अथितिहरुको सहभागीता रहेको थियो।