सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ 

२०८२ माघ २०, ०९:०० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ मा रहेको जानकी सामुदायिक वनमा लागूऔषध खरिद विक्री भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा कृष्णपुर नगरपालिका–७ कलुवापुर बस्ने २४ वर्षीय निरज राना र सोही ठाउँ बस्ने ३२ वर्षीय सुरेन्द्र राना लागूऔषधसहित पक्राउ परेका हुन्।

उनीहरुको साथबाट ९७ मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थ, उनिले प्रयोग गरेको सुदूरपह्चिम प्रदेश ०२–००४ प २५४ नम्वरको मोटरसाइकलसहित दुवै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिएको छ।

यसैगरी कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बनकुरुवा स्थित बनकुरुवाबाट बैवाहतर्फ आउने कच्ची सडकखण्डमा म २ प ८७१५ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा स्कुटी चालक शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी बस्ने २६ वर्षीय रिमलाल डगौरा र स्कुटी पछाडी सवार सोही ठाउँ बस्ने २५ वर्षीय भुवन सिंह लागूऔषधसहित पक्राउ परेका हुन्।

यी दुबै जनाको साथबाट ८ ग्राम ३६० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, स्कुटीसहित दुवैलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस