ठगी मुद्दामा फरार बाजुराका एक जना अछामबाट पक्राउ
२०८२ माघ २०, ०८:४९
अछामः ठगी मुद्दामा फरार बाजुराका एक जना अछामबाट पक्राउ परेका छन्।
जिल्ला अदालत अछामको मिति २०८१ असार २१ गतेको फैसलाले ठगी मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएका बाजुराको खप्तडछेडेदह गाउँपालिका–३ बस्ने गणेशबहादुर खड्का पक्राउ परेका हुन्। खड्कालाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले सोमवार अछामको मंगलसैन नगरपालिका–५ स्थित मंगलसैन बजारबाट पक्राउ गरेको जिलला प्रहरी कार्यालय अछामले जनाएको छ।
कमेन्ट लोड गर्नुस