सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी–४ बन्दगडामा रहेको मष्टाधाममा शिला राखियो

२०८२ माघ २०, ०७:११ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिका– ४ बन्दगडामा अवस्थीत मष्टाधाममा शिला राखिएको छ।

सोमबार मष्टाधाममा रहेका ३ मुख्य सहित १२ वटै धामहरुमा शिला राखिएको हो। मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउँदले १२ वटा मष्टाधाममा शिला राखिएको बताए। उनले मष्टका मुख्य ३ वटा दुधे मष्टा, दाडे मष्टा र जलान्धरी मष्टामा पनि मष्ट देवताको शिला राखिएको बताए। त्यसबाहेक ४ पञ्चाङ्गनमा मुर्ति स्थापित गरिएको अध्यक्ष साउँदले बताए। उनले पञ्चाङ्गनमा कालिका, गणेश, बिष्णु र लक्ष्मीको मुर्ति स्थापित गरिएको बताए।

कमेन्ट लोड गर्नुस