सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ

२०८२ माघ १९, ०७:२७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

कञ्चनपुरको कृष्णपुर नगरपालिका ९ मा रहेको जानकी सामुदायिक वन भित्र लागूऔषध सेवन गरि रहेका छन भन्ने गोप्य सूचनाको आधारमा सोही ठाउँ वस्ने २५ वर्षीय प्रदिप राना र २४ वर्षीय शिव राम राना लागूऔषधसहित पक्राउ परेका हुन्।

उनीहरुलाई चेकजाँच गर्दा २ दशमलव ५० ग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित दुवै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस