सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट भन्सार छलीका सामान बरामद

२०८२ माघ १९, ०७:२० खबर संवाददाता

धनगढीः धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–२ भन्सार रोड र धनगढी उपमहानगरपालिका–३ सिसा पोष्ट नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ८४ हजार ५३५ बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।

चिनी, मिठाई, मिश्री, साडी, धोती, पास्ता, नरिवल, साबुन, दाल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले आइतवार वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस