सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा

२०८२ माघ १८, ०३:०१ रासस

कास्कीः नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि नेपाली काँग्रेसमा कुनै गुट नभएको र पार्टीको जिम्मेवारी युवाको काँधमा गएको बताएका छन्।

नेपाली काँग्रेस कास्की क्षेत्र नं. २ को पोखरा–८ सिमलचौरस्थित चुनाव प्रचारप्रसार समितिको सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै उहाँले नेपाली काँग्रेसमा अब कुनै गुट नभएकाले सबै मिलेर आफ्ना उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए। 
    
नेपाली काँग्रेस सुशासन, समृद्धि, महङ्गी नियन्त्रण गर्ने अभियानमा सधैँ लागिरहेको उल्लेख गर्दै उहाँले युवाका मागलाई सम्बोधन गर्दै कांग्रेस अगाडि बढ्ने बताउनुभयो। उनले भने, 'नेपाली काँग्रेस खुला किताब हो, यहाँ जुनसुकै मानिस पनि स्वतन्त्र रुपमा आफ्ना हरेक गतिविधि गर्नसक्ने वातावरण काँग्रेसमा मात्र छ।'
    
काँग्रेसकोतर्फबाट कास्की निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार बन्नुभएका माधवप्रसाद बाँस्तोलाले नेपाली काँग्रेसले जेनजीका मागलाई समेटेर अगाडि बढ्ने बताउँदै काँग्रेस पार्टी सभापति पनि युवालाई नै सुम्पिएको बताए। काँग्रेस कास्की क्षेत्र नं. २ का सभापति केशर निर्दोषीले बदलिएको काँग्रेसलाई नेपाली जनताले विश्वास गर्ने दाबी गरे।
 

कमेन्ट लोड गर्नुस