सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अर्धनग्न अवस्थामा युवतीको शव फेला, घटना शंकास्पद

२०८२ माघ १८, ०१:०९ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा एक युवतीको शव फेला परेको छ। भीमदत्त नगरपालिका– १० तिल्केनीस्थित शान्ति सामुदायिक वनमा युवतीको शव भेटिएको हो। 

अर्धनग्न अवस्थामा वनभित्रको खोजा नजिक २५ वर्षमुनिकी युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालय प्रमुख प्रहरी उपरीक्षक खडकबहादुर खत्रीले मृत फेला परेकी युवतीको सनाखत हुन सकेको छैन। ‘शव षड्न लागेको अवस्थामा भेटिएको छ,’ प्रहरी उपरीक्षक खत्रीले भने, ‘१०–१५ दिनअघिको घटना हुनसक्छ।’

प्रहरी उपरीक्षक खत्रीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। स्थानीयले युवतीको शरीरमा चोटपटक देखिएकोले घटना शंकास्पद भएको बताएका छन्। 

कमेन्ट लोड गर्नुस