कैलालीमा दुई लाख बढीका भन्सार छलिका सामान बरामद
कैलाली: कैलाली जिल्लाको भजनी नगरपालिकामा प्रहरीले भन्सार छलि गरी भारतबाट अवैध रूपमा ल्याइएका हार्डवेयर सामग्री बरामद गरेको छ।
हिजो गते जिल्ला कैलाली भजनी नगरपालिका–५ स्थित पगियापसार क्षेत्रबाट इलाका प्रहरी कार्यालय पृथ्विपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारेका हार्डवेयर सामग्री नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बरामद गरिएका सामग्रीमा वासर, ताला, बेरिङ, बेल्ट लगायतका हार्डवेयर सामानहरू रहेका छन्, जसको अन्दाजी मूल्य रु। २ लाख १८ हजार रहेको छ। उक्त सामानहरू अवैध रूपमा भारतबाट भन्सार छलि गरी नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।