सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक महिनामै भत्किएको धनगढी चक्रपथको मर्मत सुरु

२०७६ साउन ३१, ०३:११ खबर संवाददाता

निर्माण गरिएको एक महिनामै भत्किएको धनगढी चक्रपथको मर्मत सुरु गरिएको छ। धनगढी चक्रपथ अन्तरगत वडा नम्वर ३ को खण्डमा ठाउँ–ठाउँमा सडक भत्किएपछि निर्माण व्यवसायीले मर्मत सुरु गरेको हो। केएस कन्ट्रक्सन, लुम्बिनी कन्ट्रक्सन र जेभी राजेन्द्र निर्माण सेवाले भत्किएको स्थानमा मर्मत सुरु गरेको जनाएको छ।

निर्माण कम्पनीका साइड इन्चार्ज विक्रम स्वाँरले केही स्थानमा माटो भरानमा कमजोर भएका कारण सडक भासिएको र केही स्थानमा ट्याक्टरले सडक भत्काएको बताए। उनले भत्केका स्थानमा मर्मत सुरु गरिएको बताए।

वडा नम्वर ३ मा १० करोड लागतको ९ किलोमिटर चक्रपथ निर्माण असार महिनामा मात्रै सकिएको थियो। एक महिनामै ठाउँ–ठाउँमा सडक भासिने र चिरा परेको थियो।
 

धनगढी चक्रपथ सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ मार्फत सघन सहरी कार्यक्रम अन्तरगत निर्माण भएको हो। 

कमेन्ट लोड गर्नुस