सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालेन शाहको काठमाडौंस्थित घरमा चोरी, प्रहरीद्वारा अनुसन्धान सुरु

२०८२ माघ १७, ११:२२ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको काठमाडौंस्थित घरमा चोरी भएको छ। बालेन शाह र उनकी श्रीमती सविना काफ्ले चुनावी प्रचारका लागि काठमाडौंबाहिर रहेका बेला चोरी भएको हो।

घरमा चोर पसेर विभिन्न सामान चोरी भएको जानकारी प्राप्त भएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। चोरीको विवरण र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

घटनाको खबर पाएपछि बालेन शाहले चुनावी प्रचारका क्रममा जुम्लामा आयोजना गर्ने भनिएको कार्यक्रम स्थगित गरेका छन् र काठमाडौं फर्किएका छन्।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी र चोरी भएका सामानको पहिचानका लागि अनुसन्धान तीव्र पारेको जनाएको छ।

कमेन्ट लोड गर्नुस