सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट खैरो हेरोईन र प्रतिवन्धित ट्याब्लेटसहित एक जना पक्राउ

२०८२ माघ १७, ०८:५९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोईन र प्रतिवन्धित ट्याब्लेटसहित एक जना पक्राउ परेका छन्।

खैरो हेरोईनको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा भीमदत्त नगरपालिका–१८ भगतपुर बस्ने २५ वर्षीय प्रभुराज हमाल पक्राउ परेका हुन्। हमालको घर कोठा खानतलासी गर्दा उनले घर कोठामा लुकाई छिपाई राखेको अवस्थामा २ ग्राम ७७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, प्रिगा ७५ क्याप्सुल थान २० र एन्टीकोफ ट्याब्लेट थान २९ प्रतिवन्धित लागूऔषध समेत फेला पारी उक्त लागूऔषधसहित उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस