सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी चक्रपथ महिना नपुग्दै भत्कियो

२०७६ साउन ३१, १०:१८

धनगढी उप–महानगरपालिकामा बनाइएको चक्रपथ एक महिना नपुग्दै भत्किन थालेको छ। धनगढीमा निर्माण गरिएको चक्रपथको ८ दशमलब ९ किलोमिटर खण्ड एक महिना नपुग्दै भत्किन थालेको हो। चक्रपथको धनगढी उप–महानगरपालिका–३ मा सम्पन्न भएको ८ दशमलब ९ किलोमिटर खण्ड ठाउँ–ठाउँमा भत्किएको हो। भन्सारदेखि राजपुरसम्मको खण्डको बीच–बीचमा र नाला किनारमा कालोपत्रे दबिने र भत्किने गरेको छ।

करिब १० करोड रुपैयाँ लगानीमा भन्सारदेखि राजपुरसम्मको ८ दशमलब ९ किलोमिटर खण्ड निर्माण गरिएको थियो। स्थानीय राजेन्द्र थारूले अनियमितताले विकास बजेट बालुवामा पानी हाले जस्तै भइरहेको बताए। केएस कन्ट्रक्सन, लुम्बिनी कन्ट्रक्सन र जेभी राजेन्द्र निर्माण सेवाले २०७४ साल असार मसान्तमा दुई बर्षभि सडक निर्माण सम्पन्न गर्ने भनी संयुक्त रुपमा ठेक्का लिएका थिए।

 

 

सम्झौता बमोजिमको अवधिमा काम सम्पन्न भए पनि गुणस्तरहीन हुँदा एक महिना पूरा नहुँदै सडक ठाउँठाउँमा भत्कने, दबिने तथा चिरा पर्न थालेको छ। असारको झरीमा हतारमा सडकको काम गर्दा टिकाउ नभएको स्थानीयको गुनासो छ। सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीका इन्जिनियर दिनेश श्रेष्ठले सडक भत्केको स्वीकार गरे।

कालोपत्रेको मोटाइ ३० एमएमबाट बढाएर ४० एमएम पु¥याइएको दाबी पनि उनको छ। तर सडक एक महिनामै भत्किन थालेपछि आयोजना तथा ठेकेदार कम्पनीको आलोचना भइरहेको छ।निर्माण व्यवसायीबाट नै पुनर्निमाण गराइने उनले बताए। निर्माण कम्पनीले भत्के÷बिग्रेको सडक निर्माण नगरेमा धरौटी रकम जफत गरिने उनले बताए।

सडक निर्माणको जिम्मा पाएको केएस कन्ट्रक्सनका साइड इन्चार्ज विक्रम स्वाँरले सडकको काम पूरा नभएको बताए। 

 

कमेन्ट लोड गर्नुस