सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालेन शाह भोलि धनगढी आउने, सुदूर पहाडका जिल्ला पनि पुग्ने

२०८२ माघ १२, ०२:४७ नारायण अवस्थी

धनगढी: रास्वपाका वरिष्ठ नेता बालेन शाह मङ्गलवार धनगढी आउने भएका छन्। रास्वपाको चुनावी कार्यक्रममा भाग लिन शाह धनगढी आउने भएका हुन्।

रास्वपा नेता जसुदेवी भट्टका अनुसार बालेन मङ्गलवार नेपालगन्ज हुँदै बिहान धनगढी  पुग्नेछन्।

धनगढीमा पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरूसँग भेटघाट गर्नेछन्। मङ्गलवारदेखि करिब तीन दिनसम्म शाह सुदूरपश्चिममा रहने रास्वपाका एक नेताले बताए।

शाह कैलाली जिल्लामा हुने पार्टीका कार्यक्रममा सरिक हुने र पहाडी जिल्लाहरूमा समेत पुग्ने कार्यक्रम तय भएको तर ठ्याक्कै समयसारणी तय नभएको रास्वपा नेताले बताए।

बालेननिकट स्रोतका अनुसार भोलि कैलाली पुगेपछि  उनले सुदूरपश्चिमका विभिन्न जिल्लाहरूको भ्रमण गर्नेछन् । 

अछाम क्षेत्र नम्बर २ का उम्मेदवार रहेका बालेन निकट भूपदेव शाहका अनुसार बालेनको यो तीन दिने यात्रा निकै व्यस्त रहनेछ । धनगढीबाट सुरु हुने यात्रा सुदूरपश्चिमका पहाडी जिल्लाहरू हुँदै अछाम पुग्नेछ ।

त्यसपछि उनी कर्णाली प्रदेशको राजधानी सुर्खेत पुग्ने कार्यक्रम रहेको छ । 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस