सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली मालपोतमा सेवाग्राहीले सास्ती व्यहोर्न पर्ने बाध्यता कायमै

२०७६ साउन ३०, ०४:४९ रोशन भट्ट

मालपोत कार्यालय कैलालीको सेवा चुस्तदुरुस्त नहुँदा सास्ती व्यहोर्न पर्ने सेवाग्राहीको बाध्यता कायमै रहेको छ। मालपोत कार्यालय कैलालीले सेवा सुधार गरेको दावी गरेका बेला सेवाग्राहीले भने  सास्ती खेप्नुपर्ने बाध्यता नहटेको गुनासो गरेका हुन्। मालपोत कार्यालयमा समान्य प्रकृतिको सेवा लिन समेत हैरानी खेप्नुपरेको गुनासो एकजना सेवाग्राही मुन्नी विष्टले गरिन।

उनले सामान्य कामका लागि समेत घण्टौँ सम्म लाईनमा कुर्नुपर्ने बाध्यता एकातिर भएपनि अर्को तिर कार्यालय समयमा कर्मचारी भेटाउन समेत मुस्किल हुने गरेको बताईन्। जग्गा खरिद विक्रीका लागि सुदूरपश्चिमका पहाडी जिल्लाबाट आउने सेवाग्राहीहरु सबै भन्दा बढी मारमा पर्ने गरेका छन्। विभिन्न बहानामा हुने असुलीको दलदलमा फसेको मालपोत कार्यालय सेवा प्रवाहामा पनि सुस्त देखिएको अर्का सेवाग्राही नरेन्द्र सिंह कठायतले बताए।

मालपोत कार्यालयमा ४२ जनाको दरबन्दी रहेको भएपनि कर्मचारी अभावको समस्या पनि हटेको छैन्। कार्यालयमा चार जना मालपोत अधिकृतको दरवन्दी छ तर अहिले एक जनाले मात्र काम गरिरहेका छन् भने तीन जना नायव सुब्वाको दरवन्दी समेत रिक्त हुँदा सेवा प्रवाहमा समस्या भएको मालपोत अधिकृत प्रेमसिंह कुँवरले बताए। उनले कर्मचारी कम भएपनि सेवाग्राहीको काममा भने ढिलासुस्ती नहुने गरेको दावी गरे।      
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस