सुदूर नेपाललाई विश्वसँग जोड्दै

चोरी मुद्दामा फरार कैलालीका एक जना पक्राउ

२०८२ माघ १२, ०७:२४ खबर संवाददाता

धनगढीः चोरी मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र १ हजार जरिवाना तोकिएको कैलालीको गोदावरी नगरपालिका-८ बस्ने २३ वर्षीय दिपेन्द्र राना पक्राउ परेका हुन्। रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस