सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

२०८२ माघ ११, १०:०७ खबर संवाददाता

कञ्चनपुर: हिजो राति ८:३० बजेको समयमा जिल्ला कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ राधाकृष्ण टोलस्थित नहर छेउमा शंकास्पद रूपमा हिँडिरहेका एक युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार सोही स्थानका बासिन्दा २३ वर्षीय राम बहादुर साँउदलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ५५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको हो। उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस