सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ १२ गतेदेखि अत्तरियामा सिवाईसी वार्षिक खेलकुद उत्सव हुने

२०८२ माघ १०, ०५:११ खबर संवाददाता

अत्तरिया: कैलालिको अत्तरियामा सिवाईसी वार्षिक खेलकुद उत्सव हुने भएको छ । अत्तरियामा रहेको न्यू सृजनशिल युवा क्लब (सिवाइसी) को आयोजनामा यहि माघ १२ गते देखि खेलकुद उत्सव सुरु हुने भएको हो । शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक क्लबले खेलकुद उत्सवको बारेमा जानकारी दिएको छ भने खेलकुद उत्सवको ट्रफी पनि सार्वजनिक गरेको छ।

खेलकुद उत्सवमा तीन ओटा बिधामा खेलहरु आयोजना गरिने बताइएको छ । जस अन्तरगत भलिबल, क्रीकेट र फुटबल रहेको खेलकुद उत्सवका सह संयोजक छविन्द्र नाथ योगीले जानकारी दिए । उत्सवमा गोदावरी क्षेत्र भित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको नाम समावेश गरीएका टिमको सहभागिता रहेको सह संयोजक योगीले बताए ।

उनका अनुसार खेलकुद उत्सवमा टिम सिवाइसी भल्काधाम, टिम सिवाइसी गोदावरी धाम, टिम सिवाइसी गाजँरी हाटखोली, टिम सिवाइसी दोगडे फुलबस्ती, टिम सिवाइसी नायल ताल, टिम सिवाइसी मछेली, टिम सिवाइसी बुढितोला जिरो पोइन्ट, टिम सिवाइसी लामिताल गरि ८ वटा टिमको सहभागिता रहेको छ ।

माघ १२ गते देखि सुरु हुने खेलकुद उत्सवको प्रत्येक विधाको विजेता टिमलाइ नगद रु. ३० हजार र उपबिजेता टिमलाइ नगद रु. १५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । खेलकुद उत्सवलाइ क्लबले गत वर्ष आयोजना गरिएको सिवाइसी लिगको दोस्रो संस्करणका रुपमा आयोजना गरिरहेको हो ।

दोस्रो संस्करण करिव एक महिना सम्म संचालन हुने आयोजकले जनाएको छ । तीन बिधा अन्तरगत क्रीकेट खेल अत्तरियामा रहेको सशस्त्र प्रहरी बल को खेल मैदान मा र बाकी २ वटा बिधामा रहेका फुटबल र भलिवल क्लबको आफ्नै खेलमैदानमा आयोजना गरिने बताइएको छ ।

कमेन्ट लोड गर्नुस