चट्याङ लागेर डोटीमा दुई बालक घाइते
डोटी: डोटीको बडिकेदार गाउँपालिका–२ सडेखानमास्थित एक घरमा चट्याङ पर्दा दुई बालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार स्थानीय घन्सराम लामिछानेको तीन कोठे एकतले कच्ची घरमा चट्याङ पर्दा उहाँका ७ वर्षीय नाती दीपेश पुन मगर र छिमेकी शेरबहादुर लामिछाने मगरका १३ वर्षीय छोरा गोकुल लामिछाने मगर घाइते भएका हुन्।
चट्याङका कारण दीपेश केही समय बेहोस भएका थिए भने गोकुलको पिठ्युमा चट्याङको झिल्का लागेको प्रहरीले जनाएको छ। घाइते दुवै बालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
चट्याङले घरमा जडान गरिएको विद्युतीय मिटर बक्स जलेको तथा घरका भित्ताहरू चर्किएको प्रहरीको भनाइ छ।