सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ बढ्यो, तोलाको ७१ हजार ५ सय रुपैयाँ

। फोटो स्रोत ।
२०७६ साउन ३०, ०१:०८ खबर संवाददाता

सुनको भाउ बिहीबार तोलामा १२ सय रुपैयाँ बढेको छ। सुन बिहीबार तोलाको ७१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो भाउ अहिलेसम्म कै महंगो हो। बुधबार तोलामा ७ सय रुपैयाँ घटेर सुन तोलाको ७० हजार ३ सय रुपैयाँमा झरेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बिहीबार प्रति औंस १५ सय २२ डलर पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महंगो भएको हो।

यस्तै, चाँदी पनि बिहीबार तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ। 
 

कमेन्ट लोड गर्नुस