सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिउँदे वर्षाको लागि बैतडीको रौलाकेदार धाममा स्थानीयद्वारा पूजा

२०८२ माघ ८, ०५:३२ खबर संवाददाता

बैतडीः बैतडीमा खडेरीका कारण हिउँदे बाली सुक्न थालेपछि किसानहरूले परम्परागत धार्मिक रीतिअनुसार पानीको प्रार्थना गर्न थालेका छन्। जिल्लाको सुर्नया गाउँपालिका वडा नं. ५ स्थित रौलाकेदार धाममा स्थानीय बासिन्दाहरूले केदार देवताको आराधना गर्दै पानीको कामना गरेका स्थानीय बासिन्दा प्रकाश सिंह महराले बताए ।  

गहुँ सहित अन्य बाली सुक्न थालेपछि किसानहरूले परम्परागत धार्मिक रीतिअनुसार पानीको प्रार्थना गर्न थालेका उनले बताए ।  परम्पराअनुसार बाजागाजा सहित धाममा पुगेर भराण घर रौलाकेदारको थप्नामा रातभर जाग्राम बसेर प्रार्थना गर्ने चलन रहेको छ । लामो समयदेखि वर्षा नहुँदा खेतीमा ठूलो क्षति भइरहेकोले स्थानीय पानीको प्राथना गरिरहेका छन् ।

पुरानो जनविश्वास अनुसार देवतालाई आराधना गर्दा वर्षा पर्छ भन्ने मान्यता रहेको उनले बताए । स्थानीयहरु जहिल्लै  पानी नपरे केदारको शरणमा जाने गरेका र भगवान प्रशन्न भएर पानी पर्ने गरेको महराले बताए ।

यसरी केदारको प्राथना गरे पानी पर्ने जनविश्वा रहिआएको छ ।
 

कमेन्ट लोड गर्नुस