सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल

२०८२ माघ ८, ०९:३१ खबर संवाददाता

काठमाडौँ: आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ थालेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ  रोजेपछि नेपालले बलिङ थालेको हो। यसअघिको खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो। 

जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको नेदरल्यान्ड्स तेस्रो जितको खोजीमा छ। नेपाललाई पराजित गरेमा ऊ सुपर सिक्समा पुग्नेछ। महिला टी–२० वरियतामा नेदरल्यान्ड्स १४औँ र नेपाल २१औँ स्थानमा छ।

कमेन्ट लोड गर्नुस